बिकास निर्माणका काममा ढिलासुस्ती र लापरबाही गर्नेलाई कडा कार्बाही हुन्छ : गृहमन्त्री थापा

बिकास निर्माणका काममा ढिलासुस्ती र लापरबाही गर्नेलाई कडा कार्बाही हुन्छ : गृहमन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले बिकास र समृद्धिका लागी शान्ती सुरक्षा पहिलो शर्त भएको बताएका छन् । सात नम्बर प्रदेशको सुरक्षा गोष्टीमा सहभागी हुन धनगढी पुगेका मन्त्री थापाले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले शान्ती सुरक्षामा कमी हुन नदिन कुनै कसुर बाँकी नराख्ने बताए ।

“भ्रष्टाचार ,तस्करी ,सिण्डिकेट पुरै निरुसाहित गर्न सरकार लागेको छ“, उनले भने “बिगतमा स्थिर सरकार नहुँदा बिकासले गती लिन सकेको थिएन अब ढिलासुसुती अनिमितता कुनै पनि हालतमा स्विकार गर्न सकिन्न“ । उनले भने,युबाहरुलाई लागु औषधका कारोबारीहरुले कैलालीमा पनि पुरै कुलतमा लगाएको पाइएकोले अब ति कारोबारीहरुलाई पुरै निर्मुल पार्ने बताए ।

बिप्लव नेतृत्वको पार्टी संवादका माध्यमबाट शान्तिप्रकृयामा नआए सरकार कानुनी बाटोमा जाने थापाको भनाइ रहेको छ । उनले कुनैपनि क्षेत्रमा हुने सिण्डिकेट स्वीकार्य नहुने चेतावनी दिदै यातायातको सिण्डिकेट हटाएर शुरु गरेको अभियान सबै खालको सिण्डिकेट अन्त्य नगरेसम्म नरोकिने बताए ।

कैलालीको टिकापुर लगाएतका क्षेत्रमा शान्ती सुरक्षा कमजोर हुँदै गएको हो भन्ने पत्रकारहरुको प्रश्नमा गृहमन्त्री थापाले भने अब सरकार कडाईका साथ अगाढी बढेपछि अपराधीहरु अन्तिम अबस्थामा अत्तालिएर त्यस्ता गतिबिधीमा संलग्न हुन सक्ने आरोप लगाए । उनले बिकास निर्माणका काममा ढिलासुस्ती , लापरबाही गर्नु कानुनको उल्घन गर्नु भएकोले कानुन उल्घन गर्ने कसैलाई नछोडिने बताए । काममा ढिलासुस्ती गर्ने ठेकेदार र ब्यक्तीहरुको बिबरण संकलनल गर्ने कार्य भइरहेकोले गृहमन्त्री थापाले निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारहरुमाथिको कारबाही तिब्र पारिएको बताए ।