रामेछाप – गृहमन्त्री राम बहादुर थापा बादल चढेको हेलिकोप्टर रामेछापमा आकास्मिक अवतरण गराइएको छ । थापा सवार नेपाली सेनाको एमआई – ५६ हेलिकप्टर रामेछाप विमानस्थलमा अकास्मात अवतरण गराइको हो ।
प्रदेश २ को सुरक्षा गोष्ठीमा कार्यक्रममा भाग लिन जनकपुर तर्फ जान लागेको हेलिकप्टर मौसम प्रतिकूलताका कारण रामेछाप विमानस्थलमा अवतरण भएको छ । सिन्धुली तर्फको रुट हुँदै जनकपुर जाँदै गरेको हेलिकप्टर अचानक रामेछाप उतारिएको हो ।
हेलिकप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेका छन् । सो हेलिकप्टर साढे नौ बजे मन्थलीमा अवतरण भएको थियो ।




प्रतिक्रिया