गृहमन्त्री बादल र दक्षिण कोरीयाली राजदूतबीच भेटवार्ता


काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि दक्षिण कोरीयाका राजदुत पार्क योङ सिकले बिहिबार शिष्टचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरीया द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले पछिल्लो समय दक्षिण कोरीया र उत्तर कोरीयाबीच भईरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले समग्र विश्वमै शन्ति कायम गर्न सहयोग पुग्ने विश्वाँस समेत व्यक्त गरे ।

उनले दक्षिण कोरीयामा नेपालीहरुलाई रोजगारीको अवसर दिएकोमा राजदुतलाई धन्यवाद व्यक्तगर्दै त्यहाँ कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदुतसँग छलफल गरे ।

भेटमा राजदुत सिकले नेपालको प्रवेशाज्ञा प्रक्रिया केही झन्झटिलो रहेको कारण यहाँ कोरीयालीहरु लगानी गर्न आउँदा केही समस्या रहेको बताएपछि गृहमन्त्री थापाले त्यसबारे खोजविन गरेर तत्कालै त्यसमा सुधार गरीने जवाफ दिए ।राजदुत सिकले नेपालमा उर्जा, पर्यटन लगायतका क्षेत्रमा कोरीयाली कम्पनीले लगानी गरीरहेको भन्दै त्यसमा थप लगानी गर्न कोरीया तयार रहेको बताए ।

उनले हाल ३५ हजार नेपाली दक्षिण कोरीयामा कार्यरत रहेको र २० हजारले कार्य अवधी समाप्त गरी नेपाल फर्किसकेको जानकारी दिँदै कोरीयामा कार्यरत नेपालीहरुको हितको विषयमा आफुहरु संवेदनशिल रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement