गृहमन्त्री र युएईका राजदुतबीच भेटवार्ता,सुन तस्कर समातेकोमा यूएईलाई धन्यवाद


काठमाडौँ – साढे ३३ किलो सुन तस्करी प्रकरणमा संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाल सरकारलाई सहयोग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले यूएई सरकारलाई धन्यवाद दिएका छन् ।

विहिबार गृहमन्त्रालयमा भएको नेपाल–युएई द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको सृजना अवसर गरेर युएईले गर्दै आएको सहयोगप्रति धन्यवाद समेत व्यक्त गरे ।

यस्तै उनले यूएईमा कार्यरत नेपालीहरुको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदुुतसँग आग्रह गरेका थिए । सुन तस्करी सम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युएई सरकारको तर्फबाट गरीएको सहयोगका लागि समेत गृहमन्त्री थापाले धन्यवाद व्यक्त गरे ।

भेटमा राजदूत नाक्बिले मानव तस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र यूएईबीच कुनै किसिमको सम्झौता नभएका कारण केही समस्या देखिएको भन्दै नेपालले यस्तो प्रकारको सम्झौता गर्न चाहे यूएई तयार रहेको प्रष्ट पारेका थिए । भेटमा युएईका उपप्रधान तथा गृहमन्त्रीको तर्फबाट राजदुत नाक्बिले गृहमन्त्री थापालाई युएई भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement