काठमाण्डु – काठमाण्डुको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारले खाना नपाएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । सोमबार बिहानैदेखि खाना खान नपाएपछि उनीहरूले सेन्टरको गेटमा थाल ठटाएर विरोध जनाएका हुन् ।
आफूहरू आधारभूत आवश्यकताबाट वञ्चित हुँदै आएकाले राज्यले खान पाउने अधिकार समेत खोसेको भन्दै उनीहरूले विरोध प्रदर्शन सुरु गरेका हुन्।
नगरपालिका र सम्बन्धित मन्त्रालयबीच समन्वय नहुँदा आफूहरू भोकै पर्नुपरेको विस्थापितहरूको गुनासो छ । यसबारे बुझ्न खोज्दा कर्मचारीहरूले आफूहरूलाई केही थाहा नभएको भन्दै पन्छिने गरेको उनीहरूले बताए।
यता, काठमाण्डु महानगरपालिकाले सोमबारदेखि क्याटरिङ व्यवस्थापन परिवर्तन हुन लागेकोले खानामा ढिलो भएको बताएको छ ।
गत वैशाख १२ गते विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका बासिन्दाहरू महिनौँदेखि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बस्दै आएका छन् ।




प्रतिक्रिया