काठमाण्डु – होली पर्व मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा बिहीबार काठमाण्डुबाट ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार ५२ जना पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको छ ।
चेकजाँचका क्रममा काठमाण्डु, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुईपांग्रे २३० र चारपांग्रे २३ गरी २५३ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । जसमध्ये सवारीसाधनका चालक मादक पदार्थ सेवन गरेका ४९ र लागूपदार्थ सेवन गरेका ८ वटा छन् ।
पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले काठमाण्डुबाट मात्रै २१९ सवारीसाधन नियन्त्रणमा लिएको छ । जसमध्ये चारपांग्रे १८ तथा दुईपांग्रे २०१ छन् ।
प्रतिक्रिया