विदेशी पनि होलीको उमङ्गमा रंगिए (तस्बिरहरू)

विदेशी पनि होलीको उमङ्गमा रंगिए (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विगत वर्ष झैं यसपटक पनि काठमाण्डुको वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् ।

नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै रमेका छन् । भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ ।

वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि सुरु गरिएको चीर पूजा गर्ने मानिसहरूको भीड छ ।

फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदै छ । सोमबार पहाडी जिल्लामा र मंगलबार तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।