होली खेल्दा यी साबधानी अपनाउनुहोस्


डा. रवीन्द्र पाण्डे
जनस्वास्थ्य बिज्ञ

प्राचीनकाल होली खेल्दा रंगको लागि बेसार, तुलसी, नीम, चन्दन, गुलाफ, हिबिस्कस, ऋतुगत फूलहरु तथा अन्य प्राकृतिक रंगहरु प्रयोग गरिन्थ्यो । जसको कारण छालामा औषधिजन्य फाइदा हुन्थ्यो ।

आजभोलि होलीमा बिभिन्न रासायनिक पदार्थहरु मिसाएका रंगहरुको प्रयोग हुन्छ । त्यस्तै प्रदुषित पानीको प्रयोग गरिन्छ । यस्ता अप्राकृतिक रासायनिक पदार्थले हाम्रो शरीरमा बेफाइदा गर्छ । जस्तै :

. छालामा बिमिरा वा एलर्जी आउने
– कपाल सुख्खा बनाउने, टाउकोमा रौँ उम्रने छाला ( स्काल्प ) मा असर पर्ने
– आँखा चिलाउने
– शरीरमा पानीको कमी हुने
– थकाइ लाग्ने

होलीको रंगमा मिसिने रसायनहरु :

मर्करी सल्फाइट ( रातो रंगमा )

– छालाको क्यान्सर हुने, आँखाको दृष्टि गुम्ने, स्मरण शक्ति ह्रास हुने, आंशिक पक्षघात हुने ।

लेड अक्साइड ( कालो रंगमा )

– किड्नीको समस्या, छालामा एलर्जी, मस्तिष्कघात, सुस्त मनस्थिति ।

कपर सल्फेट तथा मेलाचाइट ग्रीन (हरियो रंगमा ) ।

– अस्थायी अन्धोपन, खटिरा, सुख्खा छाला, एलर्जी हुने तथा गर्भस्थ शिशुको अस्थिपन्जरमा असर ।

प्रुसीअन ब्लु ( निलो रंगमा )

-छालामा असहिष्णुता, छाला सुन्निनु ।

एल्मिनम ब्रोमाइड ( सिल्भर रंगमा )

– क्यान्सर हुने अत्यधिक सम्भावना

क्रोमियम आयोडिन ( पर्पल रंगमा )

– दम, छाला सुन्निनु, एलर्जी हुनु

क्रोमियम – दम, एलर्जी

निकेल – डरमाटाइटिस निमोनिया

क्याडमियम – कम्जोर र टुट्ने हड्डी

जिंक – ज्वरो

आइरन – ज्वरो

माइका ( अबिर ) – चम्किने रंगको लागि प्रयोग हुन्छ जसले धातु जस्तो चमक दिन्छ –छालाको एलर्जी र असहिष्णुता

अन्य –

शिशाका मसिना टुक्राहरुको कारण छालामा घाउ हुने र पछि त्यसमा संक्रमण हुने
-कपाल झर्नु, टुक्रिनु
– आँखाबाट आँशु आउनु, चिलाउनु, पाक्नु
– सास फेर्न गाह्रो हुनु
– साइनोसिस हुनु
फोहोर पानीको कारण – आँखा तथा छालाका रोग, सरुवा रोग
गर्भवती तथा नजन्मिएको शिशुलाई असर – रोग प्रतिरोधात्मक शक्ति घट्छ ।
– नवजात शिशुलाई रंगको प्रयोग नगर्ने, उनीहरुको छाला निकै सम्बेदनशील हुन्छ ।

जबर्जस्ती होली खेल्दा – रंग तथा फोहोर पानी आँखाभित्र, कानभित्र पस्ने र ति स्थानमा एलर्जी तथा संक्रमण हुने । कानको जाली फुट्ने, आँखा फुट्ने, लोलाको चोट वा छतबाट खसेर मृत्यु हुनु आदि ।

रंगमा मिसिने अन्य रसायनहरु :
ग्रिज, इन्जिन आयल, डाइ , माइका, अल्कालिस, शिशाको मसिनो धुलो, फोहोर पानी आदि ।
रंगको अत्यधिक प्रयोगले छालालाई स्थायी रुपमा असर गर्छ ।
प्लास्टिक ब्याग, बेलुन, पिचकारीले हान्दा अकल्पनीय क्षति भएको घटना सुनेकै छौं ।

प्रतिक्रिया दिनुहोस
Advertisement