होली मिलन समारोहमा मुख्यमन्त्री राई सहभागी

होली मिलन समारोहमा मुख्यमन्त्री राई सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – आपसी एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने होली पर्वले सबैलाई प्रेरणा दिन सकोस् भन्ने सन्देशका साथ शुभकामना आदानप्रदान गर्दै होली मिलन आयोजना गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ जिल्ला कार्यसमितिद्वारा मदन स्मृति भवन पाञ्चालीमा बिहीबार बिहान आयोजित होली मिलनमा मुख्यमन्त्री शेरधन राईसहित पार्टीका नेता रामलाल साह तथा कार्यकर्ताले एकापसमा रङ लगाएर शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, बुद्धिराज राजभण्डारी, यशोदा अधिकारी, नेकपाका केन्द्रीय सदस्यद्वय विनोद ढकाल र महेश रेग्मी, पार्टीका वरिष्ठ नेता तथा कार्यकर्ता, प्राध्यापक, कर्मचारी, सञ्चारकर्मी र शिक्षकको सहभागिता रहेको थियो ।