२०७६ मा १५ दिन सार्वजनिक बिदा (सूचीसहित)


काठमाडौं– २०७६ सालमा १५ दिन सार्वजनिक बिदा हुने भएको छ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर विभिन्न शीर्षकमा बिदा छुट्टयाइको हो।

पर्व बिदाअन्तर्गत कहिले कहिले विदा?
–नववर्ष वैशाख १
– शिवरात्रि फागुन ९
– फागु पूर्णिमा पहाडी तथा भित्री मधेशका ५८ जिल्लामा फागुन २६
– अन्य जिल्लामा फागुन २७ गते

धर्म, सँस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा
–किराँत÷राई याख्था, सुनुवार, लिम्बू जातिका उभौली पर्व जेठ ४
– गौरा पर्व भदौ ६
– इद पर्व
– छठ पर्व, इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा), किराँत जातिको उधौली पर्व, यमरी पुन्ही, ज्यापू दिवस मङ्सिर २६, इसाई धर्मावलम्बीहरुको क्रिसमस डे पुस ९
–तमु ल्होसार पुस १५
– माघे सक्राङ्न्ति माघ १
–सोनाम ल्होसार माघ ११
– ग्याल्पो ल्होसार फागुन १२
– सिरुवा पावनी पर्व (झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी), धवाथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा

–महिला कर्मचारीका लागि भदौ १६ गते हरितालिका तीज
– असोज ५ गते जितिया पर्व
–शिक्षण संस्थाका लागि वसन्तपञ्चमी माघ १६ गते

–काठमाडौं उपत्यकाका लागि मात्र चार जात्रामा सार्वजनिक बिदा
–गाइजात्रा साउन ३१, इन्द्रजात्रा भदौ २७, मछिन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा देखाउने दिन) र घोडे जात्रा चैत ११ गते

दशै बिदा पाँच दिन दिन (फूलपातीदेखि एकादशीसम्म)असोज १८–२२० सम्म दशैँ बिदा
–लक्ष्मीपूजादेखि भाईटीकासम्म तीन दिन तिहार बिदा

–विश्व मजदुर दिवस (वैशाख १८)
– संविधान दिवस (असोज ३)
– अन्तर्राष्ट्रिय महिला दिवस (फागुन २५)
–अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (मङ्सिर १७) अपाङ्गता भएका सम्पूर्ण कर्मचारीलाई सार्वजनिक बिदा

जन्मजयन्ती बिदामा बुद्ध जयन्ती (जेठ ४) सम्बन्धित धर्मावलम्बीका लागि गुरुनानक जयन्ती (कात्तिक २६), फाल्गुनन्द जयन्ती (कात्तिक २५) बिदा

वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म र कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तथा शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement