भारतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदा नेपालको पालिकामा सार्वजनिक बिदा !

भारतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदा नेपालको पालिकामा सार्वजनिक बिदा !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा हुने अवसरमा नेपालको कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिकाले बिदा दिएको छ ।

भारतमा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर पालिकाले स्थानीय बिदा दिएको छ ।

रामको विवाह नेपाली छोरी सितासँग भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले जानकारी दिए । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरूमा बिदा दिइएको अध्यक्ष मण्डलले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

गाउँपालिकाले बिदाको दिन सोमबार पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेको छ ।