१० जिल्लामा आज सार्वजनिक बिदा

१० जिल्लामा आज सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज कर्णाली प्रदेशका १० जिल्लामा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसपटक असोज ३० गते र कात्तिक १ गते दुई दिन पूर्णिमा परेकाले आजलाई प्रदेशले सार्वजनिक बिदा दिएको प्रदेशको आन्तरिक मामिला तथा कान्ुन मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले सूचनामार्फत जानकारी दिएका छन् ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज प्रदेश भर बिदा दिइएको सूचनामा उल्लेख छ । आज प्रदेश भरका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहने छन्

कर्णाली प्रदेशमा हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत जिल्ला पर्छन् ।