हलिउड अभिनेता टम हक्स दम्पतिलाई कोरोना संक्रमण


एजेन्सी – हलिउडका प्रख्यात अभिनेता टम हक्स र उनकी पत्नी रीटामा कोरोना संक्रमण भएको पाइएको छ । हक्सले ट्वीट गर्दै यसको बारेमा जानकारी गराएका छन् ।

हाल अस्ट्रेलियाको यात्रामा रहेका हक्सले एक ट्वीटमा भनेका छन, “म र रीटा अस्ट्रेलियामा छौं । हामीलाई थकान महशुस भएको छ । चिसो पनि लागेको थियो र शरीरमा पीडा भएको थियो । रीटालाई थोरै ज्वरो पनि छ । हामीले कोरोनाभाइरसको परीक्षण गरायौं र यो पोजेटिभ पाइयो ।”

उनले भने, “अब अगाडी के ? चिकित्सा अधिकारीले केही प्रोटोकला निर्धारण गरेका छन् । हामी त्यसको पालना गर्छौं । हाम्रो फेरी परीक्षण हुन्छ र जबसम्म आवश्यक हुन्छ, हामीलाई निगरानीमा राखिने छ । हामी यसको बारेमा जानकारी दिइरहने छौं ।”

यसैगरी अमेरिकाको नेशनल बास्केटबल एसोसिएशन (एनबीए) ले पनि एक खेलाडीलाई कोरोनाको पुष्टि भएपछि म्याच रद्द गर्ने घोषणा गरेको छ । एक बयानमा एनबीएले भनेको छ, “ऊटा जेज टीमको एक खेलाडीमा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ ।,”

प्रतिक्रिया दिनुहोस
Advertisement