जेन–जी आन्दोलनको पूर्वसन्ध्यामा गृह मन्त्रालय सतर्क, २ घण्टा केन्द्रीय सुरक्षा समितिको बैठक

जेन–जी आन्दोलनको पूर्वसन्ध्यामा गृह मन्त्रालय सतर्क, २ घण्टा केन्द्रीय सुरक्षा समितिको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको माइतीघर मण्डलामा भोलि हुने भनिएको जेन–जी आन्दोलनको पूर्वसन्ध्यामा सिंहदरबारस्थित गृह मन्त्रालयमा आईतबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा साँझ २ घण्टा चलेको बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, नेपाली सेनाका रथी प्रदीप जङ्ग केसी, नेपाल प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

बैठकमा सोमबारको आन्दोलनलाई लक्षित गर्दै सुरक्षात्मक तयारी, कानूनको शासनलाई प्रभावकारी बनाउनुपर्ने, शान्तिपूर्ण प्रदर्शनमा सहजीकरण गर्ने तर तोडफोड वा अराजक गतिविधि हुन नदिने विषयमा छलफल भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

हालै सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, राजनीतिक नेतृत्व र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले आयोजना गर्न लागेको प्रदर्शनलाई लिएर सुरक्षा निकाय सतर्क बनेका छन् ।