काठमाण्डु – गृह मन्त्रालयले वायुसेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरूलाई विपद् उद्धारका लागि तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।
शनिबार संघलाई पत्राचार गर्दै मन्त्रालयले लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकोप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राखिदिन पत्राचार गरेको छ ।
भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुन:स्थापना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको सम्झौता अनुसार तयारी अवस्थामा रहन भनेको छ ।





प्रतिक्रिया