गृह मन्त्रालयद्वारा देशभरका सीडीओलाई ६२ बुँदे निर्देशन, चुनावी सुरक्षा र सुशासनमा जोड

गृह मन्त्रालयद्वारा देशभरका सीडीओलाई ६२ बुँदे निर्देशन, चुनावी सुरक्षा र सुशासनमा जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई शान्ति–सुरक्षा, सुशासन, प्रशासनिक संयोजन र सार्वजनिक सेवा प्रवाह सुदृढ बनाउन ६२ बुँदे निर्देशन जारी गरेको छ ।

मन्त्रालयले मंसिर २ गते जारी गरेको निर्देशन पत्र सबै ७७ जिल्लाका प्रशासन कार्यालयहरूमा पठाइसकेको छ ।

निर्देशनमा जिल्लास्तरमा हुने प्रशासनिक, सुरक्षा र सामाजिक गतिविधिहरूलाई प्रभावकारी रूपमा समन्वय गर्न, अपराध नियन्त्रण, आगामी निर्वाचनको तयारी, सेवा प्रवाहमा दक्षता, विपद् व्यवस्थापन र आपूर्ति प्रणाली सुधारजस्ता विषयमा सीडीओहरूको जिम्मेवारी स्पष्ट रूपमा तोकिएको छ ।

गृह मन्त्रालयका अनुसार निर्देशनको उद्देश्य स्थानीय तहदेखि संघसम्मको प्रशासनिक संयोजनलाई बलियो बनाउँदै सुशासन र नागरिकमा विश्वास अभिवृद्धि गर्नु रहेको छ ।