त्रिभुवन विमानस्थलको हातपात घटनामा गृह मन्त्रालयले बनायो छानबिन समिति

त्रिभुवन विमानस्थलको हातपात घटनामा गृह मन्त्रालयले बनायो छानबिन समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले छानबिन समिति बनाएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरिएको जानकारी दिए ।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहने गरी समिति गठन गरिएको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि शुक्रबार दिउँसो हातपात भएको थियो । अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न गएका प्रमुख हमालमाथि नै प्रहरीले हातपात गरेपछि विवाद चर्किएको हो ।

त्रिवि विमानस्थल प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेको आरोप छ ।