८ जना सिडिओको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

८ जना सिडिओको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्रालयले ८ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रीस्तरिय निर्णयअनुसार गृहले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई गृहमन्त्रालय सरुवा गरेको छ । त्यस्तै गृहका शंकरहरी आचार्यलाई जिप्रका सप्तरी सरुवा गरिएको छ ।

स्याङ्जाका सिडिओ रामबहादुर कुरुम्वाङलाई जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । पर्वतमा कार्यारत कल्पना घिमिरे नेपाललाई चितवन सरुवा गरिएको छ ।

गृहमा कार्यरत शम्भु प्रसाद रेग्मीलाई पर्वत सरुवा गरिएको छ । दुर्गा बञ्जाडे जुम्लाबाट पाल्पा सरुवा भएकी छन् ।

गृहमै कार्यरत भुपेन्द्र थापा जुम्ला सरुवा भएका छन् । भने सुनिल खनाल सप्तरीबाट अध्यागमन विभाग सरुवा भएका छन् ।