काठमाडौं – गृहमन्त्रालयले लकडाउनको समयमा आन्दोलन जुलुस नगर्न आग्रह गरेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामाल कडाउन अवज्ञा गर्दै सरकारविरोधी प्रर्दशन हुन थालेपछि गृहमन्त्रालयले थप कडाई गर्न यस्तो आग्रह गरेको हो ।
बिहीबार गृहले एक विज्ञप्ति जारी गर्दै लकडाउनको समयमा आन्दोलनमा हिँड्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
गृहका प्रवक्ता केदारनाथ शर्माले सामाजिक सञ्जालमा सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रर्दशन गर्ने र अनावश्यक भिडभाड गरी लकडाउनको आदेशलाई अवहेलना नगर्न आग्रह गरेका छन् ।
लकडाउन अवज्ञा गर्दै यस्ता खालका गतिविधि गरेमा प्रमुख जिल्ला अधिकारीले रु एक सय देखि ६ सय सम्म जरिवाना र एक महिनादेखि ६ महिनासम्मा थुनामा राख्न सक्ने बताएको छ ।
‘ लकडाउन आदेश विपरित हुने गरी कुनै पनि काम कारबाही नगर्नु नगराउनु हुन वा कुनै पनि बहानामा संलग्न समेत नहुनुहुन सम्बन्धित सबैलाई विनम्र अनुरोध गरिन्छ । सरकराले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने जो कोहीलाई सिडिओले उक्त ऐनले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न बाध्य हुनुपर्ने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया