काठमाडौं – गृहमन्त्रालयले जोर–बिजोर प्रणालीलाई प्रभावकारी बनाउन सबै पास खारेज गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी सवारी साधनका लागि जारी गरेका सवारी पास खारेज भएका हुन् ।
गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले जिल्ला प्रशासनले दिएका पास खारेज गरेपछि जोर–बिजोर प्रणालीलाई व्यवस्थित गर्न सहज हुने बताए ।
सरकारले लकडाउनलाई व्यवस्थित गर्दै निजी सवारी साधन जोर–बिजोर प्रणालीकाआधारमा चल्न दिने निर्णय गरेको थियो । कोरोना भाइरसका संक्रमित बढिरहेको अवस्थामा पनि सरकारले लकडाउनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया