काठमाडौं – गृह मन्त्रालयले काठमाडौं उपत्यकामा भित्रिने मानिसहरुले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताएको छ ।
उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई गृहले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिश्ल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको हो ।
पछिल्ला दिनहरुमा उपत्यका बाहिरबाट काठमाडौं भित्रिएका र पिसिआर जाँचको रिपोर्ट नभई घरघनीहरुले घर÷डेरामा बस्ने मानिसहरुलाई घरमा प्रवेश गर्न रोक लगाउने गरेको गुनासो सहित दैनिक १० हजार भन्दा बढी सेवाग्राहीहरु पिसिआर परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा जाने गरेका छन् ।




प्रतिक्रिया