सरकारले भन्योः निर्धक्क भएर यातायात सञ्चालन गर्नू, जबरजस्ती गरे कारबाही हुन्छ

सरकारले भन्योः निर्धक्क भएर यातायात सञ्चालन गर्नू, जबरजस्ती गरे कारबाही हुन्छ


काठमाण्डु – सरकारले बिहीबारको नेपाल बन्दको प्रभाव नपर्ने भन्दै यातायात र व्यावसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

बुधबार गृहमन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले एक विज्ञप्ति जारी गर्दै यातायात, व्यवसाय, उद्योगमा अवरोध गरे कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानून बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘दैनिक रुपमा सञ्चालित उद्योग , पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एर्व पूर्ववत रुपमा आ–आफ्नो उद्योगधन्दा, पेशा व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय आग्रह गर्दछ ।’

मन्त्रालयले प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताहरुलाई तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ ।