७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको सर्कुलर

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको सर्कुलर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नेपालीहरूको महान चाड बडादशैंको शुभसाइतबारे जानकारी गराएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट यस वर्षको बडादशैंको शुभसाइतहरू प्राप्त भएसँगै गृहले बिहीबार ७७ वटै जिल्ला प्रशासनलाई पठाएको हो ।

गृहको सर्कुलरमा जिल्लास्थित मातहतका कार्यालयलाई समेत जानकारी गराइदिने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । उपसचिव भीमकान्त शर्माले पठाएको पत्रमा नौवटा शुभसाइत उल्लेख छ ।

२१ असोज, बिहीबार – नवरात्रारम्भ/घटनास्थापना, बिहान ११ः४६ बजे ।

२२ असोज, शुक्रबार – झन्डा फेर्ने, बिहान ११ः५६ बजे । (पश्चिम मोहडा)

२५ असोज, सोमबार – श्री पचलीभैरव यात्रा ।

२६ असोज, मंगलबार – फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे । स्थिरासन बिहान ८ः४४ बजे ।

२७ असोज, बुधबार – महाअष्टमी, कालरात्रि ।

२८ असोज, बिहीबार – महानवमी ।

२९ असोज, शुक्रबार – विजया दशमी, देवी विर्सजन बिहान ८ः१९ बजे । टीका – बिहान १०ः२ बजे (पूर्व मोहडा) । श्री तुलजाभवानी यात्रा बिहान ७ः१ बजे । स्थिरासन बिहान ८ः३२ बजे, खड्गयात्रा ।

२ कात्तिक, मंगलबार – अखिलबलिपूर्ति ।

२ कात्तिक, मंगलबार – कोजाग्रत व्रत ।