राज्यव्यवस्था समितिको बैठकमा आक्रोशित बने गृहमन्त्री श्रेष्ठ

राज्यव्यवस्था समितिको बैठकमा आक्रोशित बने गृहमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड-  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समिति बैठकमा असन्तुष्टि जनाएका छन् ।

अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न बोलाइएको समितिको बैठकमा गृहमन्त्री श्रेष्ठ आक्रोशित बनेका हुन् ।

‘सभापतिजीले तपाईँ नआइकन बैठक नै चल्न दिन भन्नुभयो भनेर के भन्नुभयो’, सदासयता देखाएर मात्र आफू आएको भन्दै गृहमन्त्री श्रेष्ठले भने, ‘म संसदलाई सम्मान गर्छु, संसदीय समितिलाई सम्मान गर्छु, तर लोकतान्त्रिक मुल्य मान्यता, त पनि त हुँदो हो नि । हामी पद्दतीमा चल्नु पर्‍यो ।’

श्रेष्ठले सर्लाहीको मलंगवामा भएको धार्मिक दङ्गा रोक्न गृह मन्त्रालयले गृहकार्य गरिरहेको बताए । केही समय यता नेपालको बहुजातीय बहुसांस्कृतिक एकतामा खलल पार्ने काम भइरहेको बताउँदै त्यसलाई रोक्न मन्त्रालय लागिपरेको उनको भनाइ छ ।

उनले धार्मिक साम्प्रदायिकता रोक्नका लागि विभिन्न धर्मका धर्मगुरुहरू बोलाएर बहुधार्मिक बैठक पनि बोलाएर धार्मिक सद्भाव कायम गर्न बिज्ञप्ति पनि निकालेको बताएका छन् ।