गृहमन्त्रीले सार्वजनिक गरे सयदिने उपलब्धी (पूर्णपाठसहित)

गृहमन्त्रीले सार्वजनिक गरे सयदिने उपलब्धी (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफनो कार्यकालको सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर उनले सय दिनसम्म गरेका कामहरूले फेहरिस्त सार्वजनिक गरेका हुन् ।

उपलब्धी सार्वजनिक गर्दै गृहमन्त्री लामिछानेले अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला हुने बताए । ‘अब कुनै पनि पहुँचवालाले सिफारिस गर्नु पर्दैन, सिंहदरबार छिर्नका लागि । आफ्ना मान्छेहरू नभएकाहरूले पनि अब छिर्न पाउँछन् । चिनेको आधारमा, आफ्नो मान्छे भित्र भएको आधारमा मात्रै काम हुने समस्या समाधान हुन्छ’, उनले भने ।

गृह मन्त्रालयअन्तर्गतका निकायमा क्यूआर कोड राखिने र त्यो स्क्यान गर्नेबित्तिकै हरेक गुनासाहरू त्यसमार्फत गृहमन्त्रीकहाँ पुर्‍याउन सकिने व्यवस्था गरिने उनले जानकारी दिए ।

‘राम्रोदेखि नराम्रा, अनियमिततादेखि लिएर हरेक गुनासाहरू तपाईंले क्यूआर कोड स्क्यान गरी त्यसमार्फत गृहमन्त्रीसम्म पु¥याउन सक्नुहुन्छ,’ गृहमन्त्री लामिछानेले भने, “यहाँ त यस्तो रहेछ भनेर फोटो, सूचनादेखि सबै चिज पठाउन सकिनेछ ।

यस्तो छ सयदिने उपलब्धी