काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चार कम्पनी जनसेना निर्माण गरेको बताएका छन् ।
गृहमन्त्री थापाले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै विप्लवले जनसेनाको चार कम्पनी बनाएको बताएका हुन् । उनले विप्लव समूहले जनसरकारका रूपमा जनपरिषद् संस्था गठन गरेका जानकारी दिए ।
जनसेनाको रूपमा उनीहरूले चार कम्पनी निर्माण गरेका छन, गृहमन्त्री थापाले भने, ‘केही समयदेखि यता विप्लव नेतृत्वको नेकपा संविधान र राज्यव्यवस्था विरुद्ध र शान्ति विरोधी गतिवधि गर्दै आएका छन् । उनले यो गतिविधिको लागि नेकपाको नामको पार्टी गठन गरेका छन् ।’
उनले विप्लव नेतृत्वको माओवादीको गतिविधि प्रदेश र संघको निर्वाचनमा देखिएको स्मरण गराए । ‘देशव्यापी रूपमा भ्रष्टाचारविरूद्ध भन्ने नारा अन्तर्गत एनसेलका टावर र विस्फोट गरेका घटना देख्यौं’ बादलले भने ।
उनले हिजो आइतबार र आज देशभर आगजानी र विस्फोटका घटनाहरु भएको पनि बताए । आइतबार भएको विस्फोटमा हालसम्म चार जनाको मृत्यु भएको झण्डै आधा दर्जन घाइते भएको पनि गृहमन्त्री थापाले जानकारी दिए ।
मृत्यु हुने सबै विप्लवको संगठनसँग सम्बधीत व्यक्ति रहेको र घाइते पनि अधिकांश सोही समूह रहेको बताए ।




प्रतिक्रिया