विप्लव मुलधारमा आएनन् भने धेरै दिन टिक्दैनन् : गृहमन्त्री थापा 


सुर्खेत – गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव समूहको गतिविधि सरकारले नियन्त्रण गरेरै छाड्ने बताएका छन् ।  कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार सुर्खेत आएका गृहमन्त्री थापाले संचारकर्मीसंग कुरा गर्दै विप्लव समुहका गतिविधि धेरै समय नटिक्ने बताएका हुन्   

उनले विप्लवले विध्वंसात्मक गतिविधि गर्दै आएको भन्दै सरकारले शान्ति–सुरक्षाका कायम गर्ने बताए । 

नेकपाका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापाले विप्लव नेतृत्वको समुह ठुलो चुनौती नभएको दावी गरे । उनले विध्वंसात्मक गतिविधि त्यागेर मुलधारको राजनीतिमा आउन विप्लवलाई आग्रह गरे । मन्त्री थापाले राष्ट्रको सुरक्षा चुनौती भने थपिएको स्विकारे ।

मन्त्री थापाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई विप्लवका कार्यकर्ताले तर्साउने गरेको सुचना आएको भन्दै त्यो धेरै नटिक्ने दावी गरे 

उनले राज्यविरोधी तत्वहरूले सुरक्षामा केही चुनौती खडा गरेकाले त्यसलाई सरकारले निस्तेज पार्ने दाबी गरे। शान्ति सुरक्षा सुदृढ गर्ने विषयमा सरकार सफल भएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement