गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि गृहमन्त्री थापाको पनि स्वाब संकलन गरी परीक्षण् गरिएको थियो । सो क्रममा गृहमन्त्री थापाको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन् ।

कोरोना पोजेटिभ पुष्टि भएका मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सामेल भई प्रधानमन्त्री लगायत देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए । प्रधानमन्त्रीको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।