गृह मन्त्रालयले माग्यो एक सयजना कर्मचारी,१५ दिनभित्र दरखास्त दिइसक्नु पर्ने

गृह मन्त्रालयले माग्यो एक सयजना कर्मचारी,१५ दिनभित्र दरखास्त दिइसक्नु पर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – गृह मन्त्रालयले एक सय जना कर्मचारी माग गरेको छ । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारी मागेको हो।

इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्। लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ।  दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागको भनाइ छ।