नागरिकता विधेयक चुनाव प्रभावित पार्न ल्याएको होइन : गृहमन्त्री खाँण

नागरिकता विधेयक चुनाव प्रभावित पार्न ल्याएको होइन : गृहमन्त्री खाँण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता ऐन संशोधन विधेयक चुनाव प्रभावित पार्नका लागि नल्याएको बताएका छन् ।

बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले विधेयक रोकिँदा नेपाली नागरिक आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने खाँणले बताए । उनले विधेयकलाई अब रोक्न नसकिने पनि बताए ।

‘नागरिकता भएमा उद्योग धन्दा खोल्थे होलान्, कोही विदेश जान्थे होलान् । यस विधेयकलाई सोहीकारण पनि अब रोक्न सकिनँ’ खाँणले भने । विधेयकमा व्यवस्था नै नभएको विषयमा धेरै चर्चा भएको उनले बताए ।