उच्च मनोवलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

उच्च मनोवलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री खगराज अधिकारीले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

शनिबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री अधिकारीले प्रहरी कर्मचारीलाई जस्तोसुकै परिस्थितिको पनि सामना गर्दै अगाडि बढ्न निर्देशन दिएका हुन् ।

उनले प्रहरी अधिकृत, जवानहरूसहित ७ वटै प्रदेश प्रहरी प्रमुखलाई भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्दै प्रत्यक्ष जीवनसँग जोडिएकाले सबैभन्दा प्रभावशाली सुरक्षा निकाय प्रहरी भएको बताए । गृहमन्त्री अधिकारीले घोषित निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिए ।

कोभिड–१९ द्वारा सिर्जित विषम परिस्थितिमा अग्रपंक्तिमा खटेर नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमन चयन, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवं नागरिकको जीउ धनको सुरक्षाको लागि अहोरात्र निर्वाह गरेको भूमिकाप्रति उनले प्रशंसा गरे ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए ।