गृहमन्त्री लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै

गृहमन्त्री लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानी विवादसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा  बुधबार बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। त्यो दिन गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस सकिएको थिएन।

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।