जलबायु परिवर्तनको असरबारे दक्षिण एशीयाली राष्ट्रलाई सहकार्य गरेर अघि बढन गृहमन्त्रीको आग्रह


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकसित राष्ट्रले गरेको कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनको प्रतिकूल असर परेको उल्लेख गर्दै त्यसको असर रोक्न सबै दक्षिण एशीयाली राष्ट्रहरुलाई सहकार्य गरेर अघि बढन आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि सुरु भएको दक्षिण एशियाली सम्मेलनलाई उद्याटन गर्दै सो आग्रह गरेका हुन् ।

उनले बाढी, पहिरो, सुनामी जस्ता विपद् व्यवस्थापनका लागि मिलेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे । जलवायु परिवर्तनको व्यवस्थापनका लागि नविकरणीय उर्जामा जोड दिनुपर्ने थापाले बताए ।

विपद्, उर्जा र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि स्थानीय तहलाई पनि आवश्यक जानकारी दिन दक्षिण एशियाका विज्ञहरुसहितको अन्तर्रा्िष्ट्रय सम्मेलन आयोजना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरेले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नगरपालिका महासंघ र गाउँपालिका महासंघको संयुक्त आयोजनामा भएको सम्मेलनले नेपालको विपद् व्यवस्थापन, उर्जा संकट समाधान र जलवायु परिवर्तनका कारण परेका नकारात्मक प्रभावलाई न्युनिकरण गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement