गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वेइजिङमा हृदयघात


काठमाण्डु-  चीन भ्रमणमा गएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सामान्य हृदयघात भएको छ । वेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार श्रेष्ठको कोरोनरी आर्टरी ब्लकेज भएको हो ।

उनको मुटुको एन्जीओप्लास्टी गरिएको छ । श्रेष्ठको अपरेशन सफल भएको र अहिले अवस्था सामान्य रहेको उनका भतिजा डा.शितलकाजी श्रेष्ठले जानकारी दिएका छन् । अहिले उनलाई वेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा स्टेन्ट हालेर आइसियुमा राखिएको छ ।

श्रेष्ठ बिआरआई सम्मेलनमा भाग लिन चीन पुगेका थिए । उनलाई छातिमा समस्या देखिएपछि राति अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement