काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियताको पक्षम निरन्तर लाग्ने प्रतिवद्धता जनाएका छन् । बिहिबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बैठकमा सहभागी भएका थापाले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णय क्रान्तिकारी निर्णय भएको बताउँदै आफु राष्ट्रियताको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले बैठकलाई सम्बोधन गर्दै संसद विघटन हुनु अग्रगामी र क्रान्तिकारी कदम भएको बताए । ‘संसद विघटन अग्रगामी र क्रान्तिकारी कदम थियो । विघटित संसद पुनर्स्थापना हुन्छ भन्नु पश्चगामी हो । निर्वाचन हुनु अग्रगमन हो । हामीले निर्वाचनबाट दुई तिहाइ ल्याउनु पर्छ,’ उनले भने, ‘अहिले राजनीतिक संकट छ, यसले प्रतिक्रान्तिको खतरा देखिएको छ । यसलाई कसरी रोक्ने भन्ने चुनौती छ,’ उनले भने, ‘केही साथीहरु संसद पुनर्स्थापना भनेर पश्चगमनमा लागेका छन् । यो स्यालको हुइयाँ हो । हामीले यसलाई चिर्नु छ ।’
स्थिरता र स्थायित्व प्रदान गर्न जनताका बिचमा गएर दुई तिहाइ ल्याउने वाचा गर्न जरूरी रहेको उनले बताए । ‘निर्वाचनबाट प्रतिगामी शक्तिलाई परास्त गरेरमात्रै जनताले विभाजित कम्युनिष्ट आन्दोलनलाई एक बनाउँछ, हामिलाई एकताबद्ध गर्ने जिम्मेवारी हामीले पूरा गर्न सकेनौ अब जनतालाई दिएका छौं । यो अभियान हो । यसले मात्र कम्युनिस्ट एकता गर्न सकिन्छ,’ उनले भने ।
उनले चुनावबाट एकता गरेका गरेकाले फेरि पनि जनतामा गएर यो बिभाजित आन्दोलनलाई एकता गर्न सब्ने भन्दै फुटवादीहरुलाई जबाफ दिन नग्याउन जनतामा जानुपर्ने उनको भनाई थियो । गृहमन्त्री थापाले पार्टी नफुटाउन पटक पटक आग्रह गरेको भए पनि प्रचण्ड र माधव नेपालले नसुनेको बताए ।
उनले प्रचण्ड नेपालले पार्टी फुटाउने कसम नै खाएको समेत उल्लेख गरे । ‘पार्टीलाई बिभाजन गर्नेहरुका अगाडी गएर अनुनय विनय ग¥यौ, तर पनि बिभाजनकारिले मानेन । नेतृत्व सिध्याउन हत्याउन पार्टीलाई फुटाउने कसम खानु भएको थियो,’ उनले भने, ‘उहाँहरुले सरकारलाई अपदस्त गर्ने सपथ ग्रहण गर्नु भएको थियो, त्यो अभिष्ट अस्ति पार्टी प्यालेसमा पूरा भयो ।’




प्रतिक्रिया