काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । आज बिहान सशस्त्र प्रहरी अस्पताल पुगेर गृहमन्त्री थापाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका हुन् ।
प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै आज संसदको बैठक बस्दैछ । त्यसैले पनि केही दिनबाट संसाद, मन्त्री लगायतले कोरोना बिरुद्धको खोप लगाइरहेका छन् । सरकारले माघ १४ गतेबाट देशभर भारतले अनुदानमा उपलब्ध गराएको खोप लगाउन सुरु गरेको थियो ।
त्यसपछि सरकारले भारतबाट नै किनेर १० लाख डोज खोप ल्याइसकेको छ भने आजै कोभ्याक्स सुविधाअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्दै छ ।




प्रतिक्रिया