काठमाण्डु- गृह मन्त्रालयले वित्तीय संस्थामा विशेष सुरक्षा प्रबन्ध मिलाउन परिपत्र गरेको छ। सरकारले देशभरका बैंक तथा वित्तीय संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासनमा परिपत्र गरेको हो।
पछिल्लो समय बैंक, लघुवित्त र सहकारी संस्थाबाट ऋण लिएका ऋणीले समयमै चुक्ता गर्नुको साटो आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयले परिपत्र गरेको जनाइएको छ ।
खराब ऋणमा संलग्न, बैंकिङ कसुर र ठगीमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो वित्तीय संस्थामाथि आक्रमण गर्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी मुख्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको छ ।
बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र सावधानीका लागि सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको गृहका प्रवक्ता जितेन्द्र बस्नेतले बताएका छन् ।
केही दिनअघि मात्रै झापाका व्यवसायी दुर्गा प्रसाईंले सार्वजनिक कार्यक्रममै कालोमोसो दल कार्यक्रम सार्वजनिक गरेका थिए।




प्रतिक्रिया