मिटरब्याज पीडितका माग समेट्न गृहले बनायो वार्ता समिति

मिटरब्याज पीडितका माग समेट्न गृहले बनायो वार्ता समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मिटरब्याज पीडितहरूसँग वार्ता गर्न गृह मन्त्रालयले शुक्रबार वार्ता समिति गठन गरेको छ । सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति बनाएको हो ।

५ सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् । गृह मन्त्रालयको उपसचिव दिलकुमार तामाङ सदस्य सचिव छन् ।

अघिल्लो हप्ता नै सरकारले मिटरव्याज पीडितको समस्या समाधान गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरव्याज तथा ठगीविरुद्ध किसान(मजदुर संघर्ष समिति’ नामक पीडितहरूको संगठनले आन्दोलन जारी राखेकोमा उनीहरूका मागलाई समेत समेट्नेगरी वार्ता समिति बनेको हो ।