काठमाण्डु – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतमा आज (शुक्रबार) संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।
लामिछाने सांसद हुनसमेत अयोग्य रहेको भन्दै शपथ रोक्न माग गरेर सर्वोच्चमा रिट दायर गरिएको थियो । सर्वोच्चले प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि त्यससम्बन्धी निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
शुक्रबारको सुनुवाइमा रिटमा मागबादी गरिएअनुसार रविविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा केन्द्रित रहेर बहस हुनेछ। सर्वोच्च अदालतले रिटमा मागदाबी गरिएअनुसार अन्तरिम आदेश जारी गरेमा लामिछाने सांसद र मन्त्री हुने पाउने छैनन्।




प्रतिक्रिया