काठमाण्डु – सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको केन्द्रीय गोदाममा भएको आगलागी घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि मन्त्रालयका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई जानकारी दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डेको संयोजकत्वमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिव स्तरको प्रतिनिधि, गृहका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्युटर इन्जिनीयर सुस्मा श्रेष्ठ सदस्य रहेको समिति बनाइएको छ ।
समितिले १० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ । समितिले आगलागीको कारण, क्षतिको विवरण र आगामी दिनमा आगलागी हुन नदिन गर्नुपर्ने कामबारे सुझाव सहितको प्रतिवेदन पेश गर्नुपर्नेछ ।
सोमबार साँझ आगलागी भएको घटनामा सशस्त्र प्रहरीले एआईजी वंशिराज दाहालको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।




प्रतिक्रिया