सरकारले यातायात व्यवसायीलाई भन्यो–यात्रुको पहिचान खुल्ने कागज लिएर मात्र यात्रा गराउनू (पत्रसहित)

सरकारले यातायात व्यवसायीलाई भन्यो–यात्रुको पहिचान खुल्ने कागज लिएर मात्र यात्रा गराउनू (पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-गृह मन्त्रालयले यात्रुको पहिचान खुल्ने कागज लिएर मात्र यात्रा गराउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई आग्रह गरेको छ ।

सिमलताल घटनाको अध्ययन प्रतिवेदन पठाउँदै मन्त्रालयले यात्रुको पहिचान खुल्ने कागजात लिएर यात्रा गर्ने कुरालाई व्यवहारमा उर्तान आग्रह गरेको हो ।

त्यससँगै यात्रुहरूलाई टिकट काटेर यात्रा गराउन, सार्वजनिक सवारी साधनमा सिसिटिभीको व्यवस्था गर्न, देशभर चल्ने सवारी साधनको तेस्रो पक्ष बिमा गराउन, लामो बाटोमा यात्रा गर्ने सवारी साधनमा कम्तीमा दुई जना चालक राख्ने व्यवस्थाको पालना गर्न पनि मन्त्रालयले यातायात व्यवसायीलाई भनेको छ ।