काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड(१९)का सम्बन्धमा उत्पन्न हल्ला र प्रचारबाजी पछाडि नलाग्न अनुरोध गरेको छ ।
गृहमन्त्रालले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्दै आएको सूचनाद्वारा सचेतना फैल्याउँदै सजगता अपनाउन आग्रह गरेको हो ।
गृहकासहप्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै अनावश्यक भ्रममा परी उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुने पनि प्रकारको हतार नगर्न र कहिकतै कालोबजारी, मूल्यवृद्धि, क्रतिम अभाव भएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेका छन् ।
कोरोना भाइरसको त्रासका कारण सार्वसाधारणले दैनिक उपभोग्य बस्तुका साथै ग्यास भण्डारण गर्न थालेपछि गृह मन्त्रालयले हतार नगर्न अपील गरेको हो ।
संचार माध्यममा र संचारकर्मीलाई सत्य र तथ्यपरक सूचनामात्र प्रवाह गरि जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन पनि मन्त्रालयले अपिल गरेको छ ।
भीडभाड हुन ठाउँ, सभा, सम्मलेन, भेलालगायत कार्यक्रम कोरोनाको सम्भावित खतरालाई मध्यनगर गर्दै स्थगित गर्न र आउँदै गरेको होली पर्वमा विगतमा जस्तो भिडभाड भेला हुने लोला–पानी फ्याक्ने, शरीरमा रंग अबिर दल्ने कार्य जोखिमपूर्ण भएकाले यस्तो नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले भनेको छ, ‘सन्निकट होलीमा विगतमा जस्तो भिडभाड, भेला जम्मा हुने, लोला पानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्नु नगराउन अनुरोध छ ।’
नागरिकको सहयोग र संलग्नताबाट कोरोना भाइरसलाई नेपालमा रोकथाम गर्ने सकिने र सरकार यसको रोकथाममा लागि हरेक उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।





प्रतिक्रिया