गृह मन्त्रालयले भन्यो-जेन जी प्रदर्शनमा स्वार्थ समूहबाट घुसपैठ भयो (विज्ञप्तिसहित)

गृह मन्त्रालयले भन्यो-जेन जी प्रदर्शनमा स्वार्थ समूहबाट घुसपैठ भयो (विज्ञप्तिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनका क्रममा देशभर भएको घटना र त्यसबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर प्रदर्शनका क्रममा काठमाण्डुलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएको विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनमा विभिन्न स्वार्थ समूहबाट भएको घुसपैठका कारण थप हिंसात्मक घटना भई दुःखद् परिस्थिति सिर्जना भएको मन्त्रालयको प्रारम्भिक निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।

परिस्थितिलाई स्वार्थसिद्धका लागि प्रयोग गर्ने व्यक्ति, समूहप्रति सचेत रहँदै यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउँदै शान्ति कायम राख्न मन्त्रालयले सबैमा आह्वान गरेको छ ।