अर्को पक्षलाई उक्साउने गरी सभा सम्मेलन नगर्न गृह मन्त्रालयको आग्रह

अर्को पक्षलाई उक्साउने गरी सभा सम्मेलन नगर्न गृह मन्त्रालयको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले अन्य पक्षलाई नउक्साउने गरी सभा सम्मेलन गर्न आग्रह गरेको छ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले निर्वाचनको मिति घोषणा भइसकेका कारण त्यसमा केन्द्रित हुन आग्रह गरेको हो ।

भदौ २३ र २४ गतेको आन्दोलनपछि देशमा नयाँ सरकार बढेको स्मरण गराउँदै मन्त्रालयले सरकारले अहिलेको अवस्थामा सभा सम्मेलन र विरोध कार्यक्रम सञ्चालन गर्दा शान्तिपूर्ण र अन्य पक्षलाई उक्साहट नहुनेगरी गर्न अनुरोध गरेको हो ।

गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा अहिंसात्मक हुनेगरी अन्य पक्षलाई असर नपर्ने ढंगले कार्यक्रम गर्न भनेको हो ।