सिंहदरबारको ट्राफिक र सुरक्षा व्यवस्थापन गर्न गृहमन्त्री अर्यालको निर्देशन

सिंहदरबारको ट्राफिक र सुरक्षा व्यवस्थापन गर्न गृहमन्त्री अर्यालको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिंहदरबार सुरक्षा प्रबन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आईतबार मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ ।

गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारी सहितको बैठकले नवनिर्वाचित संघीय सांसदको शपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबारभित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो ।

बैठकमा गृहमन्त्री अर्यालले सांसदहरूको शपथ ग्रहण, संसद् अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक र  सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिए । सुरक्षाको आवश्यकीय प्रबन्ध गरिएको प्रहरीका उच्च अधिकारीबाट जानकारी गराइएको थियो ।