खाद्य पसल बन्द नगर्न गृहमन्त्रालयको अनुरोध

खाद्य पसल बन्द नगर्न गृहमन्त्रालयको अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले अत्यावश्यक वस्तु निर्वाध रुपमा सञ्चालन गर्न अनुरोध गरेको छ । गृहले आज साँझ जारी गरेको विज्ञप्तिमा पहिलो दिनको लकडाउनमा कतिपय आवश्यक वस्तु र सेवा प्रदान गर्ने निकाय फाट्टफुट्ट बन्द भएको देखिएको उल्लेख गर्दै त्यस्ता निकास निर्वाध सञ्चालन गर्न अनुरोध गरेको हो ।

‘पहिलो दिन भएकोले आवश्यक वस्तु र सेवा संचालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएका पनि देखिएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसंचार, सूचना तथा संचार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायतका आवश्यक वस्तुहरुको कारोबार गर्ने पसलहरु बन्द नहुने हुँदा सदाझै निर्वाध रुपमा सन्चालन गरिदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।’

गृहले सरकारको आदेश कार्यान्वयन गर्नको लागि सहयोग पुर्‍याएकोमा सम्पूर्ण नेपाली नागरिकहरुलाई धन्यवाद दिँदै ऐन कार्यान्वयनमा आएपछिको संभवत पहिलो पटक जारी गरिएको आदेश भएकोले यसको कार्यान्वयन पक्षमा केही अन्यौल सिर्जना भई सानातिना समस्याहरु देखिएतापनि सहजतापूर्वक समाधान भएको जनाएको छ ।

देशका केही स्थानमा कुनै अत्यावश्यक काम नपरी हिडडुल गर्ने नागरिकलाई सम्झाउने, बुझाउने, जरिवाना गरी छाड्ने, विना पासका सवारी साधनलाई नियन्त्रणमा लिई साँझ फिर्ता दिने लगायतका कामहरु भएको गृहले जनाएको छ ।