काठमाडौं – गृह मन्त्रालयले महाकाली पारि आमाको किरिया बसिरहेका दार्चुलाका वासुदेव भट्टलाई स्वदेश ल्याउने प्रक्रिया सुरु गरेको छ ।
मङ्गलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बसिरहेका छन् ।
गृह मन्त्रालयले वासुदेवलाई घर ल्याउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई बुधवार नै पत्राचार गरेको थियो ।




प्रतिक्रिया