गौहत्याको छानविन गर्न गृहमन्त्रालयद्धारा उपसचिवको नेतृत्वमा समिति गठन 

गौहत्याको छानविन गर्न गृहमन्त्रालयद्धारा उपसचिवको नेतृत्वमा समिति गठन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्रालयले नेपालगञ्जबाट ल्याइएका गाईगोरु बाटोमै मृत्यु भएको घटनाको छानविन थालेको छ । मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति बनाएको मन्त्रालयले जनाएको छ । 

दैलेखको श्रीनाथ लैजान भन्दै नेपालगञ्जको काञ्जी हाउसमा रहेका गाई, गोरु, बाच्छाबाच्छीलाई पठाइएको थियो ।सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोलामा २४ वटा गाईगोरु मृत भेटिएपछि त्यसको सर्वोच्च आलोचना भएको थियो ।  ब्युरेनी खोलामा १४४ गाईवस्तु समेत भेटिएका थिए ।

प्रहरीले गाई गोरु छाड्ने ५ वटा ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइसकेको छ । गृहमन्त्रालयद्धारा गठित समितिलाई १५ दिनभित्र यसबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्न भनिएको छ ।