अफ्रिकी मुलुकबाट नेपाल आउनेलाई ‘अनअराइभल भिसा’ नदिने गृहको निर्णय

अफ्रिकी मुलुकबाट नेपाल आउनेलाई ‘अनअराइभल भिसा’ नदिने गृहको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले अफ्रिकी मुलुकबाट नेपाल प्रवेशलाई कडाइ गर्ने भएको छ । कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन अफ्रिकाबाट फैलँदै भारतसम्म आइपुगेपछि आइतबार गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा बसेको बैठकले अफ्रिकी मुलुकको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

अफ्रिकी मुलुकबाट नेपाल आउनेलाई अनअराइभल भिसा नदिने निर्णय भएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । तर, डिप्लोमेटिक पासपोर्ट भएकालाई भने नफर्काइने उनले बताए । यस्तै, आइसकेका नेपाली नागरिकलाई पनि फर्काइने छैन । उनीहरू सबैलाई होटल क्यारेन्टाइनमा पठाइनेछ ।

ओमिक्रोन कोरोनाको पुरानो भेरियन्टभन्दा पाँच गुणा बढी शक्तिशाली भएको मानिएको छ । यो भेरियन्ट अफ्रिकाबाट युरोप, इजरायल, हङहङसम्म ओमिक्रोन पुगिसकेको छ । अध्यागमन विभागका अनुसार गृहले गरेको मौखिक निर्णयका आधारमा आवश्यक काम सुरू गरिएको छ । तर, आज बस्ने सिसिएमसीसी बैठकले मात्रै यससम्बन्धी निर्णयलाई अन्तिम रूप दिइनेछ ।

प्रवकता पोखरेलले नेपाल भित्रिने नाकाहरुमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुर्याउन निर्देशन दिइएको बताए ।