गृह सचिव हेरफेर : दिनेश भट्टराई गृहमा,विनोदप्रकाश सिंह प्रधानमन्त्री कार्यालयमा


काठमाण्डु –  सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको छ। हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हाे ।

गृह मन्त्रालयमा हुँदा विभिन्न महाशाखा र कार्यालय प्रमुख भएर काम गरेका सचिव भट्टराईले गृहसचिवको जिम्मेवारी पाएका हुन् ।

सहसचिव हुँदा मकवानपुर,उदयपुर, बारा, दाङलगायतको सिडिओ बनेका भट्टराईको गृहमा लामो अनुभव छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement